चन्द्रपुर, ३ असार । रौतहटमा निषेधाज्ञा खुकुलो भएपछि ब्यावसायीले राहतको महशुस गरेकाछन् । करिव डेड महिनाको निषेधाज्ञाका कारण धला परेका ब्यापारीले केही मात्रामा राहको महशुस गरेकाछन् । अझै पनि होटल तथा सवारी साधान नखुलेका कारण होटल मजदुर र यातायात मजदुर मारमा परेकाछन् । चन्द्रनिगाहपुर,गौर ,गरुडा ,कहटरिया लगाएतका बजारमा बिस्तारै खुल्दै जान थालेकाछन् । ब्यापारीहरुले मापदण्डको पालना गरेर आफुहरुलाई ब्यावसाय संचालन गर्न दिनका लागि माग गरेकाछन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउदै लैजाने बताएपछि रौतहटका बजार समेत बिस्तारै खुल्दै जान थालेकाछन् । सरकारले मापदण्ड बनाएर बिस्तारै ब्यावसाय संचालनका लागि बाटो नखोले आफुहरु बैंकको ब्याज र घरभाडाले थला पर्ने अवस्था आएको चन्द्रनिगाहपुरका ब्यापारी दिवाकर सापकोटाको भनाइ रहेको छ । जिल्लाका अन्य बजारमा स्थानीय प्रशासनले निषेधाज्ञा पालना गराएको भएपनि जिल्लाको पुरोनो ब्यापारीक बजार कटहरियामा भने त्यसको कुनै प्रभाव परेको थिएन् । कटहरियाको बजार पुर्ण रुपमै निषेधाज्ञाको समयमा खुलेको ब्यापारी नस्रुदिन अन्सारीले तराई एक्सप्रेसलाई बताए । निषेधाज्ञाको समयमा स्थानीय ब्यापारीले कालोबजारी गरेको गुनासो स्थानीय स्तरमा तिब्र रुपमा बढेको थियो । निषेधाज्ञा खुकुलो बन्दै गएपछि ब्यापारीसंगै सर्बसाधारणले समेत चर्को मुल्य चुकाउनुपर्ने बाध्यता बिस्तारै हटदै जाने स्थानीय युवा रबी राना मगरको भनाइ रहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सरकारले तोकेको मापदण्ड पुरा गराउदै बिस्तारै निषेधाज्ञा खुकुलो बनाउदै लैजाने जानकारी दिएकाछन् । २०७८ असार ३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।