गरुडा, ३ असार । प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) को अगुवाइमा रौतहटको गढीमाइ नपाको सुन्दरपुरमा बृक्षारोपण गरीएको छ ।
बुधवार सुन्दरपुरमा रहेको गढीमाइ मन्दिर परिसरमा करीव दुइसय वटा बिभिन्न प्रजातीका बिरुवाहरु रोपिएका छन ।
प्रदेश प्रमुख झाले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका छन ।
सस्कृती , पर्यटन तथा नागरीक उड्यान मन्त्रालय सिहदरवार र गढीमाइ नपाको सयुक्त लगानीमा सो स्थानको मन्दिर परिसर तथा सडक दायावाया बिरुवा रोपिएको हो ।
बृक्षारोपण कार्यक्रममा गढीमाइ नपाका मेयर श्याम प्रसाद यादव, रौतहट जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , कर्मचारीहरु, संचारकर्मीहरुको सहभागी भएको गढीमाइ नगरपालिकाका प्रशासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here