चन्द्रनिगाहपुर,३ असार । गएराती वन गस्ति टोलीले अबैध काठ बरामद गरेको छ । राती साडे एक बजेको समयमा बृन्दाबन साझेदारी वन क्षेत्रबाट २ थान सालको गोलिया े ११.०६ क्युफिट काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएकाछन् ।
बागमती नदिको बगरै बगर सर्लाही जिल्ला तर्फ लाने क्रममा बृन्दाबन सब–डि.ब.का.का जमदार सोभिलाल चौधरी को कमाण्डमा गएको नियमित गस्ती टोलिले विशेष सुचना पाई घेरा हाली पक्राउ गर्न खोज्दा काठ तस्करहरु भाग्न सफल भएको यादवले जानकारी दिए ।
काठ तस्कर साईकल र काठ घटनास्थलमै छाडी भागेको ,काठ र साईकल बरामद गरि बलरी पोष्टमा घाटगद्दी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here