बिजयपुर, ४ असार । स्थानीय निर्वाचनको चौथोबर्षमा रौतहटको फतुवा बिजयपुर नगरपालिकामा प्रतिपक्षीको रूपमा जनता समाजबादी पार्टीका कार्यकर्ताहरु सक्रिय देखिएका छन ।
नगर प्रमुखमा नेपाली कांग्रेसका गोपाल यादव र उपप्रमुखमा कान्ति देवि महतो निर्वाचित भए लगतै फतुवा बिजयपुरमा प्रतिपक्षीको भुमिका शून्य देखिएको थियो ।
तर बिहीबार जनता समाजबादी जसपाका नेता कार्यकर्ता संगठित भएर नगरपालिका संग ४ आर्थिक बर्षको लेखाजोखाको माग गरेका छन ।
जसपाका केन्द्रिय सदस्य बिन्देश्वर यादवको नेतृत्वमा गएको टोलिले सूचनाको हक प्रयोग गरि आर्थिक बर्ष २०७४÷०७५ देखि २०७७÷०७८ सम्मको सम्पुर्ण हिसाबको माग गरेको छ ।
आव २०७४ ÷०७५ देखि २०७७÷०७८ सम्म नगरसभा बाट स्वीकृत प्रत्येक आवको बजेट बिवरण बजेट किताबको प्रमाणित प्रतिलिपी सहित जसपाले ९ बुन्दे लिखित प्रतिबेदन माग गरेको छ ।
त्यस अवधिमा बितरण भएको सामाजिक सुरक्षा भताको बिवरण तथा भर्पाई,मलेपा बाट भएको लेखापरिक्षणको प्रतिलिपी,बहुक्षेतृय पोषण योजना अन्तर्गत भएको कामकाजको प्रतिलिपीको माग गरिएको छ । त्यसैगरी जसपाले फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत बरगिनिया पैनी र बांधको पैनी सफायी कामको ल.ई. र मुल्यांकनको प्रतिलिपी माग गरेको छ । लालबकैया नदिमा बर्षेणी गिट्टी बालुवा बापत ठेक्का अथवा अमानत बाट उठेको रकमको हिसाब तथा ष्भभ रिपोर्टको माग गरिएको टोलिमा सहभागी जसपा कार्यकर्ता शिवपुजन यादवले बताएका छन ।
त्यसैगरी यश आवमा दोस्रो चौमासिक सम्म निकासा भएको बालपोषण भताको बिवरण लगायत ९ बुन्दे लिखित माग गरिएको जसपाले फतुवा बिजयपुर नगरपालिकामा दर्ता गराएको सामुहिक निवेदनमा उल्लेख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले सूचनाको हकक नियमानुसार १५ दिनभित्र लिखितरुपमै सबै जानकारी दिने बताएको निबेदक मध्येका शिवपुजन यादवले तराई एक्सप्रेसलाई बताएका छन । जसपाका केन्द्रिय सदस्य बिन्देश्वर यादवले फतुवा बिजयपुर नगरपालिकाको काम पार्दर्सिक नभएको र करोडौंको अनियमितता भएकाले ४ आर्थिक बर्षको लेखाजोखाको माग गरिएको बताएका छन ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले नेपाल सरकारको नियमानुसार नागरिकले पाउने सूचनाको हक अथवा नगरपालिकाले दिन मिल्ने सूचना १५ दिनभित्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।