सप्तरी, ४ असार । बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परका छन् । १० वर्षीया बालिका गर्ने कसुरमा संलग्न दुई अभियुक्त बिहीबार सप्तरीमा समातिएका हुन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आरोपितहरूले विसं २०६४ असोज ९ गते बालिकालाई सामूहिक बलात्कार गरेका थिए । पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन् । बालिका भैँसी चराउन गएका बेला अहिले पक्राउ परेका २ सहित अन्य अभियुक्तले बालिकालाई हतियार देखाएर तर्साउँदै सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
घटनामा तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखिया संलग्न थिए । जिल्ला अदालत सप्तरीले ०७५ असार ५ गते सबैलाई १३ वर्षको जेल सजायँ सुनाएको थियो । श्यामा मुखिया २०७७ चैत ९ गते पक्राउ परी राजविराज कारागारमा छन् । श्यामाका दाजु डोमीको मृत्यु भइसकेको छ । उनीहरूका बुवा बिकु अझै फरार रहेको प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here