चन्द्रपुर, ४ असार । निषेधाज्ञाकै बेला रौतहटमा वन्यजन्तु चोरीसिकारी गर्नेहरू सक्रिय भएका छन् । बिहिबार दिउसो वन गस्ति टोलीले पुर्व पश्चिम राजमार्ग छेउमा हरिण मारेर भागबण्डा गर्ने क्रममा फेला पारेको छ । चन्द्रनिगाहपुर बागमती सडक खण्डको नहर नजिकैको वनमा हरिण मारेर काटकुट गर्दै गरेको सुचनाका आधारमा वन गस्ति टोली पुगेपछि सिकारी समुह भागेको थियो । मृत हरिणलाई डिभिजन वन कार्यलयले खाल्डो खनेर गाडेको निमित्त डिभिजन वन अधिकृत अमरदेव यादवले जानकारी दिएकाछन् । २०–२२ जनाको समुहले हरिण मारेर काटदै गरेको अवस्थामा फेला परेको हो । हरिणलाई पासोमा पारेर मारियो वा हतियारले हानेर मारियो भन्ने थाहा हुन नसकेको यादवको भनाइ रहेको छ । सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृत्वमा गएको टोली मृत बरामद गरेको थियो । निषेधाज्ञाको समयमा रौतहटको राष्ट्रिय वनमा सिकारीको बढदै जान थालेको यादवले तराई एक्सप्रेसलाई बताए । केही दिन पहिला वन कार्यालयको गस्ती टोली र सिकारीबीच जम्काभेट भएको थियो । सिकारीको साथमा हतियार भए पनि चलाउन सकेनन । वनकर्मीले एक सिकारीलाई नियन्त्रणमा लिएपछि अन्य भागेका थिए । वनकर्मीले सिकारी सीताराम स्याङतानलाई नियन्त्रणमा लिएको थियो । सुरुमा सिकारीले बन्दुक हान्ने तरखर गरेका थिए । हाम्रोतिरबाट पोजिसन लिएपछि भागे, यादवले भने, अब गस्ती बढाएर सिकारी पक्रने अभियान चलाउछौं । पक्राउ परेका स्याङतानले समूहमा रहेका सबैको नाम पोलेका छन । भोलनटार क्षेत्र सिकारी र काठ तस्करको नामले चर्चामा छ ।
एक साताअघि चन्द्रनिगाहपुरस्थित हातेमालो वनक्षेत्रको जंगलमा वनको टोलीले सिकारीको समूहलाई लखेटेको थियो । त्यस क्रममा कोही पक्राउ परेनन् । डिभिजन वनका एक वनपाले भन्छन्, अहिले जंगलभरि छ्यापछ्याप्ती सिकारी भेट्टिन्छन् ।
दिनहु वन्यजन्तु मार्छन । वनले जति पिछा गरे पनि फेला पर्दैनन् । चार महिनाअघि चोचा र बलरीखोर राष्ट्रिय वन क्षेत्रबाट वनको गस्ती टोलीले सिकारीको तीन थान बन्दुक बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here