बृन्दावन,५ असार । रौतहटको बृन्दावन नगरपालिका वडा नं–२ धनगडीमा सडक कालोपत्रे हुने भएपछि स्थानिय वासिन्दा खुशी भएका छन् । बिगत लामो समयदेखि वर्षाको समयमा हिलाम्मे हुदै आएको सडकमा कालोपत्रे हुने भएपछि आफुहरुलाई निकै खुशी महसुस भएको धनगडीका स्थानिय चन्द्रीका रजकले बताएका छन् । बृन्दावन नगरपालिका वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेलको पहलमा प्रदेश २ सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको कार्यलयबाट सो गाउमा आठ सय ५० मिटर लामो सडक कालोपत्रे हुन लागेको वडा नं–२ का स्थानिय युवा राम बाबु महतोले बताएका छन् । बिकासको हिसावमा बृन्दावनको ९ वटै वडा मध्य वडा नम्बर २ सबै भन्दा अगाडी रहेको स्थानिय चौधर पटेलको भनाई छ तर नगरपालिकाले यही वडालाई सबभन्दा कम बजेट दिने गरेको उनले गुनासो रहेको छ । पछिल्लो समय सो वडाको गली गलीमा नाला तथा सडक ढल वा कालोपत्रे गर्ने अभियान नै चलाएको वडाअध्यक्ष सिकिन्द्र पटेलले बताएका छन् । चुनाव अगाडी नै बृन्दावन नगरपालिका वडा नं २ लाई सहर जस्तै बनाई दिने वडाअध्यक्ष पटेलको भनाई छ ।

आजको तराई एक्सप्रेस दैनिकमा प्रकाशित यो पनि पढनु होस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here