जनकपुर, ५ असार । धनुषाको मुखियापट्टी मुसहरनियास्थित पोखरीमा डुबेर शुक्रबार पा“च जना बालिकाको मृत्यु भयो । बाख्रा चराउन गएका बालिकाहरू पोखरीमा नुहाउन जांदा डुबेर मृत्यु भएको थियो । मृत्यु हुनेमा १० देखि १३ वर्ष सम्मका बालिका थिए। मापदण्डविपरीत खनिएको पोखरीमा डिलसमेत थिएन । गर्मी छल्न पोखरीमा हामफालेका पा“चै जनाको मृत्यु भयो । यस घटनामा धनुषा प्रहरीले छानबिनसमेत थालेको छ । प्रहरी उपरीक्षक प्रकाश रानाभाटले त्यो घटनामा पीडित परिवारबाट अहिलेसम्म कुनै निवेदन नपरेको बताए । उनले भने, पोखरीमा डुबेर पाँच जनाको मृत्यु भएको घटनामा पीडित परिवारबाट कुनै निवेदन परेको छैन । तथापि, हामी अनुसन्धान गरिरहेका छौं । पोखरी के प्रयोजनले खनिएको थियो । अहिलेसम्म पोखरी मालिक सम्पर्कमा नआएको रानाभाटले बताए । फागुन १६ गते सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु भएको थियो । जिल्लाको ईश्वरपुर नगरपालिका–५ फुलजोरका रमेश मोक्तानको १८ महिनाकी छोरी अनिसा मोक्तानको घरनजिकै रहेको पानी फ्याक्ट्रीको छेउमा रहेको पानी जमेको खाल्टोको डिलमा खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । पछिल्लो समय धनुषामा मात्र नभई प्रदेशको सबै जिल्लामा पोखरी, तलाउ, खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकासहित कैयौँले ज्यान गुमाएका छन् । अवैध रूपमा भइरहेको उत्खनन, इँटा भट्टाको कारण बनेको खाल्डो तथा नदीमा डुबेर सयौँले ज्यान गुमाएको २ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । चालु वर्षको ११ महिनामा मात्र १ सय ८६ जनाको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए । प्रदेश प्रहरीका प्रवक्ता प्रसाईँले साउनदेखि जेठसम्म पोखरी, तलाउ, नदी, नाला, खोला र खाल्डोमा डुबेर मृत्यु भएकाहरूमा १ सय ९ जना बालबालिका मात्र छन् । प्रदेश प्रहरीको तथ्यांकअनुसार पोखरीमा डुबेर सबैभन्दा बढी ६६ जनाको मृत्यु भएको छ । त्यस्तै, खाल्डोमा डुबेर ६४ जनाको मृत्यु भएको छ । खोलामा डुबेर ३०, नदीमा १६ र नालामा डुबेर १० जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्यांक छ । पानीमा डुबेर प्रदेश २ मा ११ महिनामा १ सय ८६ जनाको मृत्यु भएको छ । धनुषामा ३५ जनाको मृत्यु भएको छ भने रौतहटमा ३३, बारामा ३०, सिरहामा २२, सप्तरीमा १९, महोत्तरीमा १७, सर्लाहीमा १५ र पर्सामा १५ जनाको मृत्यु भएको प्रदेश प्रहरीका प्रवक्ता प्रसाईँले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here