गौर, ७ असार । रौतहटमा बाढीले भत्किएको वाग्मती र लालबकैयाको बाँध मर्मत अन्तिम चरणमा पुगेको छ । वाग्मतीको पश्चिमी र पूर्वी १२, लालबकैयाको पूर्वी र पश्चिमी १६ गरी २८ स्थानमा धमाधम बाँध मर्मत भइरहेको हो ।
बाँध चर्किएर बाढी गाउँ पसेपछि गत वर्ष जिल्लाका धेरै बस्ती डुबानमा परेका थिए । अहिले नदी कटानबाट जोगाउन ठाउ÷ठाउमा स्पर र बाँधको काम धमाधम भइरहेको हो । बजेट अभावले मर्मत हुन नसकेपछि गत वर्ष नै जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराएको थियो । गृहको पहलमा वाग्मती, लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरले काम थालेको हो । समयमै बाँध मर्मतले धनजनको क्षतिबाट जोगिने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन । नेपाल–भारत सीमा क्षेत्रको जिरोदेखि १७ किलोमिटर उत्तरसम्मको वाग्मतीको बाँध उच्च जोखिममा परेको थियो । उक्त क्षेत्रमा पर्ने वसन्तपुर, मत्सरी, चन्डिया, ब्रह्मपुरी, गंगापिपरा र रजवडा गाउ“ जोखिम रहेको नदी नियन्त्रण आयोजना प्रमुख अख्लाख सिद्धिकीले बताए ।
गत वर्ष पनि बजेट अभाव हुँदाहुँदै मर्मतको काम भएकै हो, उनले भने, यस वर्ष पनि बजेट निकासा भएन । तर काम सुरु गरेर अन्तिम चरणमा पुगेको छ । यसले स्थानीयलाई धेरै राहत पुगेको छ । नदी नियन्त्रण कार्यालयले वाग्मती र लालबकैयाको २८ स्थानमा बाँध मर्मतका लागि ४१ करोड ४९ लाख रुपैया खर्च हुने भन्दै विभाग र मन्त्रालयमा पत्राचार गरेको थियो । त्यसपछि मन्त्रालयका प्राविधिक टोलीले स्थलगत अनुगमन गरी गत चैतमा नै अर्थ मन्त्रालयमा बजेट माग गरेको थियो । तर अहिलेसम्म निकासा नभएको प्रमुख सिद्धिकीले जानकारी दिए । वाग्मतीको दक्षिण, उत्तरसम्म १७ वटा स्परमध्ये १, २, ५, १०, ११ र १२ लाई तत्कालै मर्मत गर्नुपर्ने देखिएपछि गएको वैशाखदेखि काम सुरु भएको थियो । स्पर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समयमा मर्मत र स्पर निर्माण सकिए बाढी र विपत्बाट क्षति रोकिने रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here