रौतहट ८ असार । रौतहटमा बाख्राको मासुलाई खसिको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. १ गौर बजारमा बाख्राको मासुलाई खसिको मासु भनि बेचबिखन गर्ने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रंगेहात पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं.३ वस्ने वर्ष २४ को लाल महमम्द र वस्ने वर्ष ३० को महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन । उनिहरुलाई अन्दाजि ३०/३५ किलो बाख्राको मासु सहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here