गरुडा, ८ असार । खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं—३ सखुअवाका ललन प्र. यादव, गरुडा–५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्धारिका घिमिरेले जानकारी दिए । रौतहटको क्षेत्र नं—१ बाट निर्वाचित सांसद झा मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाएर विरोध तथा नारा बाजि गरेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here