अशोक पहाडी
मौलापुर, १० असार ।
रौतहटको मौलापुर बिहानै बाट शान्त हुन सकेको छैन । बिहान १० बजे बाट नगरपालिकाको पाचौं नगरसभा सुरु हुने भनियपछि सोही समयबाट मौलापुर असान्त भएको हो । नेपाली काग्रेस ,माधव नेपाल समूह ,उपेन्द्र यादवको राजपा लगाएतले नगरसभा गर्न नदिने भन्दै नारावाजी गरेपछि प्रभु साह पक्षधर संग झडपको अवस्था आएको थियो । नेकपा एमाले नेता प्रभु साहकी श्रीमती मेयर रहेको मौलापुर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै बिरोध प्रर्दशन हुन थालेपिछ साह पक्ष र अन्य पक्ष बिचको झडप नियन्त्रणमा लिन प्रहरीले दर्जन सेल अस्रुल ग्यास प्रहार गरेको थियो । मौलापुर नगरपालिकाको पाचौं नगरसभा नगरपालिकाको हलमा चलिरहदा बाहिर भने हातमा बासको फराठा बोकेका दुई पक्षबिच लखेटा लखेट भएको थियो । अहिले मौलापुरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मौलापुर नगरपालिकाको नगरसभा भने सम्पन्न भईसकेको छ । नगरसभाको प्रमुख अतिथिमा एमाले नेता प्रभु साह रहेका थिय । अहिले पनि साह पक्ष र काग्रेस लगाएतका पक्ष हातमा फराडा लिएर दुई तिर बसेका छन् । दुबै समुहका बिचमा सशस्त्र र नेपाल प्रहरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here