काठमाण्डौं,१० असार । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाको दरले मुल्य बृद्धि गरेको हो । यसैगरी हवाई इन्धनमा अन्तरिकमा प्रति किलो लिटर २ रुपैया र अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर २० ले बृद्धि गरेको छ । अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैया पुगेको छ भने डिजेल १ सय १० रुपैया पुगेको छ ।
निगमले अन्तराष्र्टिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भइरहेको हुँदा स्वचालित मुल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मुल्य बृद्धि गरेको जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिक उडानमा प्रति किलो लिटर २ रुपैया बृद्धि गरी ८२ रुपैयाँ पु¥याएको छ । यसैगरी अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरीक डलर २० ले बृद्धि गरि नयँ“ विक्री मुल्य अमेरीकी डलर ७ सय ३५ प्रति किलो लिटर कायम गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यले जानकारी दिए ।
प्रवत्ता उपाध्यका अनुसार मुल्य समायोजनपछि पनि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैया ७५ पैसा डिजेलमा ३ रुपैया ५३ पैसा र एलपि ग्यासमा प्रति सिलिण्डर २ सय ५८ रुपैया ७१ पैसा घाटा छ । प्रवक्ता उपाध्यले निषेधाज्ञा समयको विक्री परिमाण अनुसार १५ दिनमा करिब ६४ करोड ९७ लाख घाटा भएको जानकारी दिए ।
हालको मुल्य समायोजनपछि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैया ३५ पैसा डिजेल प्रतिलिटर ४२ रुपैया ५५ पैसा ले नेपाल तर्फ सस्तो रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here