रुपेन्द्र पटेल
चन्द्रपुर, १० असार । रौतहटको मौलापुरमा दोहोरो झडप भएको छ । प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन आधा दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ । मौलापुर नगरपालिकाको पाँचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र विपक्ष दलका कार्यकर्ता बीच झडप भएको हो । नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका थिए । उनकी श्रीमती रिना कुमारी साह मेयर रहेको नगरपालिकामा अनियमितता भएको भन्दै विपक्षि दलले बिरोध प्रर्दसन गर्ने क्रममा झडप भएको घटना स्थलबाट तराई एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडीले जानकारी दिएका छन् । अहिले झडप जारी छ । अवस्था तनाव ग्रस्त छ ।