काठमाण्डौं, ११ असार । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार नाघेको छ ।गत २४ घन्टामा देशभर रहेका कोरोना सङ्क्रमितमध्ये २ हजार ५ सय १८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय ५८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९० दशमलव ७ प्रतिशत हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप २ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार २ सय ३२ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसंगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख २९ हजार ४ सय ३१ रएन्टीजेन विधिबाट २९ हजार ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ ।हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४९ हजार ५ सय ५५ रहेको छ । जसमा ४६ हजार ५ सय २ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here