गौर, ११ असार । जिल्लाको मौलापुर नगरपालिकाले आफ्नो नगरका किसानले उन्नत जातको गाई ,भैसी किनेमा ५० हजार अनुदान दिने भएको छ ।
बिहिबार सम्पन्न पाचौ बजेट अधिबेसले यस्तो निर्णय गरेको हो । सो नगरपालिकाले आफ्नो नगरलाई दुधमा आत्म निर्धर बनाउनका लागि किसानलाई गाई ,भैसी खरिदमा अनुदान दिने निर्णय गरेको हो । बिहिबार जिल्लाका अधिकांस नगरपालिकाले नगर अधिबेस गरेकाछन् । जिल्लाको कटहरिया नगरपालिले पनि बिहिबारनै नगर अधिबेसन गरेको हो । जिल्लाको गुजरा नगरपालिले पनि नगरसभा सम्पन्न गरेको छ ।
स्थानीय तहमा जन निर्वाचित प्रतिनिधिको यो अन्तिम बजेट हो ।
स्थानीयले यो बजेट निर्बाचन मुखि हुने भन्दै आलोचना हुदै आएको छ । कटहरिया नगरपालिका मेयर सियाराम कुस्वाहले आफुले यो जनमसखि ल्याएको बताए ।
मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले यो नगरसभाबाट आएको बजेट किसान मुखी भएको बताईन् ।
जिल्लाको चन्द्रपुर नगरपालिकाले आफ्नो बजेटमा सडक ,सिंचाइ,खानेपानीलाई प्रथमिता दिएको नगर प्रमुख रामचन्द्र चौधरीले जानकारी दिएकाछन् ।
यस भन्दा पहिला जिल्लाको राजपुर नगरपालिका र गौर नगरपालिले नगर अधिबेसन सम्पन्न गरिसकेकाछन् ।
बिहिबार जिल्लाका ४ वटा स्थानीय तह बाहेकका सबैले बजेट अधिबेसन सम्पन्न गरेका छन् । जिल्लाको बृन्दावन ,गरुडा ,देवाही गोनाही र बौधीमाई नगरपालिकाले बजेट अधिवेस गर्न सकेनन् ।
जिल्लाका अधिकांस स्थानीत तहले अत बर्षको नगर परिषद समयमा नगरेका कारण बिभिन्न समस्या उत्पन्न भएको थियो । यस बर्ष अन्तिम बजेट भएका कारणले समेत जनप्रतिनिधिहरुले समयमै बजेट ल्याएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here