रौतहट,११ असार । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।
पद रिक्त हुनेमा कटहरिया नगरपालिकाका मेयर सियाराम कुस्वाह ,मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह लगाएतका रहेकाछन् ।
निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् ।
७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here