गौर, १२ असार । रौतहटका चार स्थानीय तहले बजेट समयमा ल्याउन सकेनन् । बिभिन्न कारण ती चार नगरपालिकाले बजेट ल्याउन नसकेको हुन । जिल्लाको गरुडा ,बृन्दावन ,देवाही गोनाही र बौधीमाईले बजेट समयमा ल्याउन नसकेका हुन् । जन निर्वाचित प्रतिनिधिको यो अन्तिम बजेट भएका कारण अधिकांस स्थानीय तहले सरकारले तोकेकै समयमा नगर परिषद गरेको भएपनि चार वटा स्थानीय तहले बिभिन्न कारण देखाउदै समयमा बजेट ल्याउन नसकेका हुन । समयमा नगरसभा हुन नसकेको बिषयमा गरुडा नगरपालिकाका प्रमुख ईन्दु राय यादवसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् । बृन्दावन गरपालिकाका प्रमुख राम स्नेही यादवले बिभिन्न कारणले समयमा नगरसभा हुन नसकेको भएपनि सोमबार सम्म नगरसभा सम्पन्न गर्ने आफुहरुको तयारी रहेको बताए ।
देवाही गोनाही र बौधीमाई नगरपालिकामा मेयर उप मेयरको बजेट भागबण्डा नमिलेका कारण समयमा नगरसभा हुन नसके.को स्थानीयले जानकारी दिएकाछन् । २०७८ असार १२ गतेको तराई एक्सपप्रेस दैनिकमा प्रकाशित समाचार ।