गौर, १२ असार । रौतहटका १४ वटा स्थानीय तहले गाउ“ र नगरसभा मार्फत बजेट पारित गरेका छन् । ४ स्थानीय तहको बजेट भने अन्योलमा परेको छ । यहीअसार १० गतेभित्र नगर तथा गाउ“सभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन रौहतटका १२ वटा नगरपालिका र २ वटा गाउ“पालिकाले सभामार्फत बजेट पारित गरेका छन् । जिल्लाको गौर, राजदेवी, गढीमाई,माधव नारायण, परोहा, राजपुर, ईसनाथ, चन्द्रपुर, गुजरा, कटहरिया, मौलापुर, फतुवा बिजयपुर नगरपालिका र युनामाई र दुर्गा भगवती गाउ“पालिकाले समयमै आव २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् । बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिंदै सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन् । जिल्लामै सब भन्दा बढी चन्द्रपुर नगरपालिकाले बजेट ल्याएको छ । सो नगरपालिकाले चालु खर्च तर्फ ५७ करोड ४६ लाख ३३ हजार ५ सय २२ र पंूजिगत तर्फ ५० कारोड ९५ लाख ८० हजार ६ सय ७१ गरी जम्मा १ अर्व ८ करोड ४२ लाख १४ हजार १ सय ९३ रुपैया“ ल्याएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले जानकारी दिए । यस्तै जिल्लाको ४ वटा स्थानिय तहको समयमा नगरसभा हुन सकेका छैन् । जिल्लाको बृन्दावन, गरुडा, देवाही गोनाही र गरुडा नगरपालिकाको नगरसभा समयमा नहुंदा स्थानियले विभिन्न टिका टिप्पणी गर्न थालेका छन् ।
रौतहटका अधिकांस स्थानीय तहले यतीबेला चुनावी बजेट ल्याएको भन्दै स्थानीय तहमा चर्को बिरोध हुन थालेको छ । जिल्लाका सबै स्थानीय तहले आफ्नो कार्यकालको अन्तिम बजेट भएका कारण मनोमानी रुपमा बजेट ल्याएको जानकारहरुको भनाइ रहेको छ । २०७८ असार १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here