रौतहट, १३ असार ।
नेकपा एमाले प्रदेश २ कमिटीले पाच जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ । जेठ ३० गते मनोनयन गरेको निर्णय १० दिनपछि प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले सार्वजनिक गरेकी हुन् ।
अध्यक्ष साहले जारी गरेको सूचना अनुसार सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी र सचिवमा देवनाथ यादव मनोनित भएका छन् । चौधरी एमालेका पूर्व साँसद हुन् भने यादव पूर्व माओवादी नेता हुन् ।
यस्तै सिरहाको अध्यक्ष चन्देश्वर मण्डल र सचिव नविन यादवलाई बनाएको छ ।
मण्डल लामो समयदेखि एमालेमै योगदान गरेका छन् । उनी तत्कालिन सिलोर्बा पछवारी गाविसमा अध्यक्षमा निर्वाचित भएका थिए । सचिव बनेका यादव भने शहिद हेमनारायण यादवका छोरा हुन् ।उनी सिरहा नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएका थिए ।
धनुषाको अध्यक्षमा राजकिशोर यादव र सचिवमा तेजनारायण यादवलाई मनोनित गरिएको छ । तेजनारायण यादव पूर्व माओवादीका नेता हुन् । महोत्तरीको अध्यक्ष टेकबहादुर बलम्पाकी र सचिव सौखिलाल यादव भएका छन् । यस्तै पर्साको अध्यक्ष प्रभु हजरा र सचिव मनोज गुप्तालाई बनाएको छ । छिपहरमाई गाउँपालिकाको अध्यक्ष रहेका गुप्ता माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि सचिव बनेका हुन् ।
रौतहट र सर्लाही जिल्लामा भने मनोनित हुन सकेको छैन् । रौतहट र सर्लाही जिल्लामा चाडै अध्यक्ष र सचिव मनोनित गर्ने तयारी भईरहेको नेकपा एमाले प्रदेश २ले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here