रुपेन्द्र पटेल
बृन्दावन, १३ असार ।
रौतहटको बृन्दावन नगरपालिकाको पाँचौ नगरसभा आइतबार सम्पन्न भएको छ । बृन्दावनको पाँचौ नगर सभाले ५५ करोड ३४ लाख ४६ हजार कुल बजेट विनियोजन गरेको हो । संघीय सरकार तर्फबाट सशर्त अनुदान २१ करोड ६ लाख, वित्तिय सामान्यि करणतर्फ १२ करोड ८५ लाख राजस्वतर्फ ९ करोड ४८ लाख ३३ हजार रकम विनियोजन गरेको बृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादवले जानकारी दिए । त्यसैगरी प्रदेश २ सरकारतर्फ सशर्त अनुदान ८० लाख, वित्तिय सामान्यिकरण ८७ लाख १३ हजार , राजस्व बाँडफाँडतर्फ ३५ लाख , सम्पुर्क अनुदान २० लाख र बिशेष अनुदानतर्फ ३० लाख रकम नगर सभाले विनियोजन गरेको सो नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताए ।
नगरपालिकाले यस बर्ष आन्तरिक आम्दानी भने ८ करोड संकलन गर्ने जनाएको छ । बृन्दावन नगरपालिकाको नगरसभा संगै रौतहटका १८ वटा स्थानिय हत मध्य १५ वटाको नगर सभा सम्पन्न भएको हो भने अझ ३ वटा स्थानिय तहको नगरसभा अन्योलमै छ । जिल्लाको गरुडा, देवाही गोनाही र बौधिमाई नगरपालिकाको नगरसभा हुन सकेका छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here