गौर,१५ असार । जिल्ला सदरमुकाम गौर एक झर पानीमै जलमगन हुने गरेको छ । हल्का बर्षा हुदा समेत कालो पत्रे सडकमा पानी बग्ने गरेको छ । सोमबार बिहानबाट गौरमा केही बेर वर्षा भएको थियो । सोही वर्षाका कारण गौरका अधिकांस सडक जलमग्न भएको थियो । गौर नगरपालिकाको गौर अस्पतालदेखि नेपाल गेष्ट हाउस सम्मको सडक खण्डमा बर्षा हुनासाथ यातायात तथा पैदल यात्रीहरु आवतजावतमा कठिन हुने गरेको स्थानियले बताएका छन् । सो सडकको अदालत नजिकै सडकको भाग होचो भएका र नालाहरु जिर्ण अबस्थामा रहेकाले सडकमा पानी जमेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले तराई एक्सप्रेसलाई बताए । सडकको दुवैतर्फ घरहरु रहेको नाला पनि धेरै बर्ष पहिला निर्माण गरेकाले नालाबाट पानी बग्न छाडेपछि पानी सडकमा जम्ने गरेको नगर प्रमुख गुप्ताको भनाई रहेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सो सडकको स्तर उन्नती तथा नाला निर्माण गर्नु पर्ने भएकाले आफुले सडक डिभिजन कार्यालयमा ताकेता गरेको बताए । नगरपालिकाले पनि नाला निर्माणमा केही रकम विनियोजन गरेकाले समस्या समाधान चाडै हुने नगर प्रमुख गुप्ताको भनाइ रहेको छ । स्थानीय बासिन्दा पुष्प यादवले नगरपालिकाले यस्तो बिषयमा समयमा चासो दिएर काम नगरेका कारण हरेक बर्ष वर्षाको समयमा गौर बासीले सास्ती खेप्नु परेको बताए । २०७८ असार १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here