चन्द्रपुर,१५ असार । चन्द्रपुर ४ को युनिक टोल देखी गैडाटारजाने बाटोको पानी ट्याङकी सम्म निर्माण हुन लागेको सडकमा गुणस्तरहिन काम भएको स्थानीयले बताएकाछन् । बच्चु साह नामका ठेकेदारले सडक निर्माणका लागि ठेक्का पाएका हुन् । उनले सो सडकको काम जरै देखी गुणस्तरहिन गरेको स्थानीयको भनाइ रहेको छ । आधा बिलोमा सडक निर्माणको लागि ठेक्का लिएका साहले गरेको काम गुणस्तरहिन भएको राम्रो काम गर्नका लागि भन्दा वास्ता नगर्ने गरेको स्थानीय युवा रबीराना मगरले बताए । स्थानीयले व्यानपक गुनासो आएपछि आफुले ठेकेदारलाई बोलाएर राम्रो काम गर्न निर्देशन दिएको चन्द्रपुर ४ का वडा अध्यक्ष अमर आलेले तराई एक्सप्रेसलाई बताए ।
आधा चन्द्रपुर नगरपालिका र आधा केन्द्र सरकारको बजेटमा बन्दै गरेको सडकको काम राम्रो नभएको बन्न नपाउदै भत्कने गरी काम भएको भन्दै स्थानीयले वडा कार्यलयमा जानकारी गराएका थिय । स्थानीयले सडकको पहिलो चरणमै काम गुणस्तरहिन भएकाले पिच बन्नासाथ भत्केने अवस्था आउन सक्ने भन्दै पहिलानै वडा कार्यलयलाई सजग गराएका थिय । नेपाल सरकारले तोकेको रेट भन्दा आधा कममा ठेक्का सकार भएका कारण गुणस्तरिय काम नहुने आशंका गरिएको छ । २०७८ असार १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here