कटहरिया,१५ असार । निषेधाज्ञा अवधिमै रौतहटको चर्चित बजार कटहरिया बाट फिल्मी स्टाईलमा एउटा औनटेस्ट १५० सिसिको पल्सर मोटरसाइकल लुटिएको छ । १० दिन अघिमात्र किनेको मनोज बिज भण्डारको उक्त मोटरसाइकल आइतबार सांझ दुईजनाको संख्यामा गएका लुटेराहरुले हेर्दाहेर्दाहेर्दै लुटेर लगेका हुन । आफ्नै पसल अगाडि मोटरसाइकल लकगरेर राखिएको थियो । दुईजना मानिस एउटा अर्को पल्सर मोटरसाइकल सो मोटरसाइकलको छेउमै ल्याएर राखेका थिए । मोटरसाइकलमा आउनेहरु ग्राहक होला भनेर म पसलमा आएका अन्य ग्राहक डिलगर्न ब्यस्त भए मनोज बिज भण्डारका संचालन मनोज यादवले बताए । केहिबेर पछि उनिहरुले मेरो औनटेस्ट मोटरसाइकलको लक फुटाएर स्टार्ट गरेपछि चालपाएर रोकरोक भन्दा भन्दै लुटेराले फिल्मी स्टाईलमा बीच बजार हुदै मोटरसाईकल लिएर भागेको संचालन यादवले बताए ।सो अघि उनको अर्को साथिले उसको मोटरसाइकल लिएर गैसकेको थियो ।मोटरसाइकल लिएर कटहरिया बजारबाट उत्तरतर्फ गएकाले आफुले एकजना आफन्तलाई जंगलसैया चौकमा स्टैन्डबाई राखेको थिए तर लुटेराले तिब्रगतिमा मोटरसाइकल लिएर भागेकाले रोक्न नसकेको मनोज यादवले गुनासो गरेका छन । ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले घटनाको पुष्टि गर्दै मोटरसाइकल चोरिबारे हालसम्म कसैले लिखित उजुरी नदिएको तराई एक्सप्रेसलाई बताए ।
मोटरसाइकल चोरको हुलियाको आधारमा आज बिहान एकजनालाई प्रहरीले पक्राउ गरेको तथा थप अनुसंधान भैरहेको सई यादवले जानकारी दिएका छन । २०७८ असार १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here