काठमाण्डौ,१६ असार । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक आज बस्दैछ । हिजो बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटि ब्युँताउने निर्णय गरेसँगै त्यसलाई अनुमोदन गर्न आज बैठक बस्न लागेको हो । बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका११जनालाई भने बोलाइएको छैन । ११ जना बाहेक अरु नेतालालाई बैठकमा बोलाईएको भएपनि आफुहरु कोही पनि बैठकमा सहभागि नहुने नेता युवराज ज्ञवालीले बताउनुभयो । २०७५ जेठ २ गतेको कमिटी मात्र वैधानिक कमिटी भएकाले आफुहरु अवैधानिक कमिटीको बैठकमा सहभागि नहुने ज्ञवालीको तर्क छ । दशौं महाधिवशेन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधता दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई पुरानै केन्द्रीय कमिटी ब्यँताउनुु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न पटक पटक शिर्ष तहका नेताहरुबीच पहल हुँदा समेत समस्या समाधान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here