गौर,१७ असार । गौर –पिपरा सडक खण्डको झाझ पुल बनाउने ठेक्का लिएर ठेकेदार बेपत्ता भएकाछन् ।
२०७०÷७१ सालमा पुल बनाउनका लागि ठेक्का पाएको ठेकेदार केही पिलर हालेर बेपत्ता भएको हो ।
फाउण्डेसनको केही काम गरेर ठेकेदार कम्पनी सम्पर्कमा नआएको सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । कर्मचारी भन्दा ठेकेदार बलिया र पावरफुल भएका कारण ठेक्का लिएको काम नगर्ने प्रबृती बढदै जान थालेको हो । पुल बनाउने ठेक्का सकार गरेर निलगिरी नेशनल क्यान् जिभी काठमाण्डौका ठेकेदार सम्पर्क बिहिन भएका हुन् । पुल बनाउन ठेक्का लिएको सो कम्पनीले पुलको नाममा झारो टार्ने काम गरेको सडक डिभिजन कायृलय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केसरीले जानकारी दिएकाछन् ।
सो सडक खण्डको पुलको काम नभएका कारण स्थानीयलाई गौर पिपरा आवत जावतमा समस्या भएको पत्रकार प्रभात झाको भनाइ रहेको छ । सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरले साउनबाट सो कम्पनीलाई कार्वाही प्रक्रिया बढाउने तयारी थालेको छ ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here