चन्द्रपुर,१७ असार । चन्द्रपुर नगरपालिकाले नाला निर्माणको क्रममा निकालेको ह््युमपाइप नहटाएका कारण समस्या उत्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिकाको वडानं ४ स्थित चन्द्रनिगाहपुर गौर सडक खण्डको नेपाल बैंक अगाडीको सडकमै रहेको २ थान ह््युमपाईप नगरपालिकाले नहटाएका कारण सवारी दुर्घटनाको खतरा बढेको स्थानीयले बताए ।
सो स्थान चन्द्रनिगाहपुरको धेरै भिडभाड हुने स्थानका रुपमा रहेको भएपनि सम्बन्धीत निकायले ह््युमपाई व्यावस्थापन नगरेका कारण सवारी दुर्घटनाको खतरा बढेको स्थानीय व्यापारी अभि घिमिरेले बताए ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले ह््युमपाईपको बिषयमा आफुलाई जानकारी नभएको र अव हटाउनका लागि निर्देशन दिने तराई एक्सप्रेसलाई बताए ।
पहिला ह््युमपाईप रहेको र पछि नाला बनाउने क्रममा ह््युमपाईप निकालेको नाला निर्माण उपभोक्ता समितिका अधयक्ष यादव क्षेत्रिले बताए । उनले भने ह््युमपाईप मैले लाने हैन नगरपालिकाले लगेर व्यावस्थापन गर्नुपर्ने बताए । सो स्थानको सो पाईप नहटाउदा ट्राफिक व्यावस्थापनमा समेत असज भएको छ । नेपाल बैंकको छेउमै रहेको उक्त पाईपका कारण बाटो साधुरो भएर यातायाता संचालनमा समेत अप्ठेरो भएको स्थानीयले जानकारी दिएकाछन् । २०७८ असार १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here