काठमाण्डौ,१८ असार । नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आजका लागि बोलाइएको छ । एमाले संस्थापन समूहले आज बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको हो । संस्थापन समूहले असन्तुष्ट नेता माधवकुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षासहित बैठक बोलाएको भए पनि नेपाल समूहको हिजो बसेको बैठकले सहभागी नहुने निष्कर्ष निकालेको थियो ।विधानविपरित बोलाइएका कारण आजको बैठकमा नजाने निर्णय भएको नेता भीम रावलले सीआईएनसँग बताउनुभयो । केन्द्रीय कमिटिको बैठक राखेको अघिल्लो साँझ हिजो एमाले अध्यक्ष केपी ओली र नेता नेपालबीच भने टेलिफोन कुराकानी भएको छ । दुवै नेताबीच आज पनि सकभर प्रत्यक्ष भेटवार्ता, नभए टेलिफोन कुराकानी जारी राख्ने सहमति बनेको नेताहरूले बताएका छन् । नेपाल समूहले आजको केन्द्रीय कमिटि बैठक स्थगित गरेर एकताका लागि संवादलाई निरन्तरता दिन भन्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here