काठमाण्डौ,१८ असार । टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भनिएका गोपिचन्द्र पार्की त्यस अवसरबाट वञ्चित हुनुभएको छ । टोकियो ओलम्पिकमा सहभागी हुन उँहा लामो समयदेखि अभ्यासरत भएपनि हिजो नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेश सिलवाल र नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्की टोकियो नजाने पुष्टि गर्नुभएको छ । विज्ञप्तीमा म्याराथनमा कोटाको भन्दा बढी आवेदन परेको हुनाले नेपालले म्याराथनमा नभएर एथलेटिक्सकै महिला सय मिटर दौडको कोटा छुट्याइएको उल्लेख गरिएको छ । अब त्यस अनुसार सरस्वती चौधरीले महिला सय मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्दै खेल्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here