पर्सा,१८ असार र मोटरसाइकल दुर्घटना हुंदा एक युवकको ज्यान गएको छ । वीरगञ्ज पथलैया सडकखण्डमा दुर्घटना हुंदा रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका –३ बस्ने रघुनाथ यादवका छोरा २५ वर्षीय तीर्थराज यादवको मृत्यु भएको छ । वीरगन्ज –पथलैया सडकखण्डको परवानीपुरमा मोटरसाइकल दुर्घटनामा परि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here