अशोक पहाडी,चन्द्रनिगाहपुर,१८ असार । चन्द्रपुर नगरपालिकाको मुख्य चोकको नालाबाट पानी नबगेपछि गैडाटार जाने बाटो जल मग्न भएको छ । नगरपालिकाले नाला बनायो तर पानी बग्ने बनाएन् त्यही भएर मुख्य चोकनै पोखरी भएको छ स्थानीय बासिन्दा सत्रुधन खड्काले भने । टेकान जानेबाटो बाट आएको नलाको पानी आआर गेष्ट हाउस अगाडीको ह््युमपाईपबाट गौर रोड तिर जान नसकेपछि मुख्य चोकनै जलमग्न भएको हो । नाला माथि राखिएका फलफुल तथा तरकारी पसलको बोरा लगाएतका कुहिएका तरकारी फलफुल पानी जाने मुहानै फालेका कारण नालामा पानी नबगेर रोडमै बगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here