चन्द्रपुर,१९ असार । चन्द्रपुर नगरपालिकाको वाडनं ३ गैडाटारका स्थानीय बासिन्दाले हरेक वर्षको वर्षायामका बेला सास्ती पेप्नु परेको छ । गैडाटारका जनताको सहजतका लागि बनाउन थालिएको पुलको काम समयमा नसकिएका कारण सो स्थानका बासिन्दाले ज्यान जोखिममा पारेर हरेक वर्षको वर्षाका बेला खोला वारपार गर्नुपर्ने बाध्यता रहेको छ । पप्पु शिव शंकर जेभीले २५ करोड ३६ लाख २४ हजार २८२ रुपैया ६० पैसामा पुल बनाउने ठेक्का सकारेको थियो । २०७६ असार सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हाल सम्म पनी पुलको काम सम्पनन नहुदा गैटारका स्थानीयले बासिन्दा अत्यावस्यक कामका लागि चन्द्रनिगाहपुर आउनका लागि आफ्नो ज्यानै जोखिममा पारेर आउनु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दा हरी आचार्यले बताए । वर्षाका बेला स्थानीयहरु खोलाको पानीको बहाव कति बेला कम होला र खोला तरेर गन्तब्य पुगौला भन्ने चिन्तामा रहने गरेकाछन् । गैडाटारहरुका किसानहरुले दुध , बिरामी लगायत अति आवश्यक कामका लागी चन्द्रनिगाहपुर नै आउनुपर्ने बाध्यता रहेको छ । चादी खोलाले बगाउदा हरेक बर्ष गैडाटारबासीको मृत्यु हुने गरेको छ । पुलको काम छिटो सक्नका लागि आफुहरुले समबनधीत निकायमा ताकेता गरेको भएपनि सुनुवाइ नभएका कारण यो वर्षामा समेत चनद्रपुर ३ का स्थानीयले सास्ती खेप्न बाध्य भएको वडाअध्यक्ष रबी देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here