चन्द्रपुर,१९ असार । नबिल बैंकका कर्मचारीहरु पनि सामाजिक सुरक्षा कोषविरुद्ध उत्रिएका छन् । शुक्रबार बिहान रौतहटको चन्द्रपुरमा रहेको नविल बैंकका कर्मचारीहरुले व्यानरसहित कोषको बिरोध गरेका हुन् । सामाजिक सुरक्षा कोषविरुद्ध अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पनि विरोध सुरु गरिसकेका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् ।
शुक्रबार रौतहटमा नविल बैंकका कर्मचारीले कालो तुल बोकेर कोषमा नजाउने भन्दै विरोध जनाएको सो बैंकका शाखा म्यानेजर बिरेन्द्र पटेलले बताए । यस्तै आन्दोलन गरिरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले अहिलेसम्म सञ्चय कोषमा जम्मा भएको रकम निकाल्न थालेका छन् । आन्दोलन सफल भएन र यदि सामाजिक सुरक्षा कोषमा जानै पर्ने अवस्था आएमा अहिलेसम्म जम्मा भएको पैसा त्यहां राख्नुपर्ने भन्दै उनीहरुले धमाधम पैसा झिक्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको सुरक्षाका लागि सञ्चय कोषमा रकम जम्मा गरिदिन्छन् । आधा पैसा कर्मचारीले आफ्नो तलबबाट जम्मा गर्नुपर्छ । यसरी जम्मा भएको रकमबाट ९० प्रतिशतसम्म ऋणका रुपमा झिक्न पाइन्छ । अवकाश हुँदा सम्पूर्ण रकम झिक्न पाइन्छ । कोषमा जाँदा अहिलेसम्म जम्मा भएको सबै रकम ल्याउनुपर्ने कानुनी प्रावधान छ । यही प्रावधानबाट डराएका कर्मचारीहरुले सञ्चय कोषमा जम्मा भएको रकम झिक्न थालेका हुन् । बैक कर्मचारीले आफ्नो मेहनतबाट जम्मा भएको पैसा पनि जागिर बीचमा छोड्दा नपाइने भएकोले कर्मचारीहरू त्रसित बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here