रौतहट,२० असार । जिल्लाका विभिन्न गाउमा तीन दिनदेखि आतंक मच्चाइरहेको जंगली हात्ती भारतको बिहार पसेको छ । हात्ती नियन्त्रणमा लिनका लागि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट आएका टोली फर्किएका छन् ।
जिल्लाको गरुडामा स्थानीयको घर भत्काएर गाउँमा आतंक मच्चाउदै आएको जंगली हात्ती देवाही गोनाही, मिठुअवा गौर र लक्ष्मीपूर बेलबिछवा हुदै भारतको जोडीयाही भन्ने ठाउमा पुगेको यकिन भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here