गौर,२० असार । नेपाल प्रहरीको भन्सार सुरक्षा चौकीमा बाढी पसे पछि त्यहा रहेका सुरक्षाकर्मीलाई नजिकैको अर्को भवनमा सारिएको छ । नेपाल प्रहरीको बसतपुर, महादेवपट्टी र भन्सारको गरी तिन वटा चौकी अर्को भवनमा सरेको प्रहरी उपरिक्षक शिद्धि विक्रम शाहले बताए ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणमा पनि बाढीको पानि पसेको छ । सशस्त्र प्रहरी बलकोे गौर र बेलबिछवा बोर्डर आउट पोस्टलाई नजिकैको अर्को भवनमा सारिएको सशस्त्र प्रहरी बलका उपरिक्षक सूर्य सेन वलिले बताए । सशस्त्र प्रहरीको औरैया बिओपी र राजपुरको फतुवामा रहेको बेसमा पनि बाढी पस्ने सम्भावना रहेको उपरिक्षक वलिले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here