गौर,२१ असार । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा हात्तीले रौतहटका बिभिन्न गाउमा आतंक मच्चाउदै भारतको बिहार राज्यमा छिरेर एकजना पत्रकारलाई घाईते बनाएको छ । जिल्लाका विभिन्न गाउमा तीन दिनदेखि आतंक मच्चाइरहेको जंगली हात्ती शनिबार राती भारतको बिहार पसेको थियो । रातीको समयमा बिहार प्रवेस गरेको हात्तीले सीतामढी जिल्लाको सुप्पी प्रखंड क्षेत्रमा हात्ती पुगे पछि रिपोर्टिंङको लागि पुगेका एक पत्रकार पुरुषोत्तम कुमार महतोलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको छ । गम्भीर रूपमा घाइते भएका पत्रकारको सुप्पी अस्पतालमा उपचार भईरहेको खबर छ ।
नेपाली हात्ती बाटो बिराएर बिहार पुगेपछि पत्रकारको कार्ड भिरेर भिडियो बनाउन हात्तीको नजिक पुगेका पत्रकार महतोलाई नेपाली हात्तीले आक्रमण गरेर घाईते बनाएको बैरगनीयका पत्रकार विश्नाथ चौधरीले जानकारी दिएकाछन् । हात्ती नियन्त्रणमा लिनका लागि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट आएका टोली हात्ती नियनत्रणमा लिन नसकेपछि शनिबारनै फर्किएका थिय ।जिल्लाको गरुडामा स्थानीयको घर भत्काएर गाउंमा आतंक मच्चाउदै आएको जंगली हात्ती देवाही गोनाही, मिठुअवा गौर र लक्ष्मीपूर बेलबिछवा नाका हुदै भारतको बिहार राज्यको जोडीयाही भन्ने ठाउमा पुगेको यकिन भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका थिय । हात्ती शनिबार दिउंसो बेलबिछ्वाबाट सम्पर्क विहिन भएको हात्ती त्यसपछि फेला परेको थियन् । निकुञ्ज, वन र प्रहरी टोली खोजबिनमा जुटेको थियो । तर हात्ती आईतबार बिहानै सितामणी जिल्ला गुगेको थियो । निकुञ्जको टोली हात्ती ब्यबस्थापन खटे पनि फेला पार्न सकेन् । र टोली पर्सा निकुञ्जको आधाभारमा फर्कि सकेको प्रजिअ यादवले जनाए ।
सो हात्तीले तीन दिन देखी रौतटहको विभिन्न गाउ“मा स्थानीयको घर भत्काउने र अन्न खाने गरेको थियो । जंगली हात्ती हेर्न, भिडियो खिच्न र भगाउन भन्दै स्थानीयले होहल्ला र अवरोध गर्न थाले पछि एकबाट अर्को गाउ गर्दै हात्ती भारत पुगेको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेवप्रसाद यादवले चितवन वा पर्सा राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर हात्ती रौतहट आएको हुनसक्ने बताए ।निकुञ्जको हात्ती बाराको रतनपुर हुदै रौतहटको जंगलमा आउने गरेको छ । यहा दुई वर्ष अघि चितवन राष्ट्रिय निकुञ्जबाट बासस्थानको खोजीमा दुईवटा गैंडा समेत आएका थिए । सिकारीले एउटालाई गैंडाटार जंगल भित्र गोली हानी घाइते बनाएको थियो । अर्कालाई निकुञ्जको टोलीले डार्ट गरी लगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here