गौर,२२ असार । आईतबार मात्र पदबहाली भएका रौतहटको पाँच जना पालिकाका उप प्रमुखहरुले सोमबार पदभार ग्रहण गरेकाछन् । माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेको रौतहटको ५ स्थानीय तहका उपप्रमुखको सर्बोच्च अदालतले पदबहाली गरेलगतै उनीहरुले पदभार ग्रहण गरेका हुन् । दल बदलको आरोपमा कार्वाहीमा परेर पदमुक्त भई सर्बोच्चबाट पदबहाली भएका देवाही गोनाहिकी उपमेयर परनिया देवि पटेल,फतुवा बिजयपुरकी उपमेयर कान्ति देवि महतो,मौलापुरका उपमेयर गौरीशंकर जयसवाल,माधव नारायणकी उपमेयर सिमलकुमारी साह र यमुना माई गाउ“ पालिकाकी उपप्रमुख गिता देविले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच पदभार ग्रहण गरे । उनीहरुलाई जनप्रतिनिधि, पालिकाका कर्मचारी तथा पार्टी कार्यकर्ताले फुलमाला लगाएर सम्मान गर्दै अगामी कार्यकाल सफलताको शुभकामना दिए ।
सो अवसरमा उपमेयर परनिया देवि,कान्ति देवि लगायत पदभार ग्रहण गरेका पाचैजना उपप्रमुखहरुले बिगतको भन्दा अब जनताको सेवामा अहोरात्र खट्ने प्रतिबद्धता जनाए । न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार पाचैजना उपप्रमुखहरुलाई सोही पदमा यथावत काम गर्न अन्तरिम आदेश जारी गरेको थियो । तत्कालीन नेकपा माओवादीको टिकटबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो । पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरीयाका मेयर सियाराम कुशवाह यसअघि नै पुनर्वहाली भइसकेका छन् । पाचजना उपप्रमुखहरु पनि पुनर्वहालीसंगै पदभार ग्रहण गरेका छन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरूलाई कामकाज गर्नबाट नरोक्न अदालतले आदेश दिएको छ । माओवादीले विभिन्न जिल्लाका पदमुक्त गराएका १४ जनप्रतिनिधि सर्बोच्च अदालतको आदेश बाट पुनर्वहाली भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here