चन्द्रनिगाहपुर,२२ असार । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउदै इन्सेकले सोमबार रौतहटको चन्द्रनिगाहपुर र गरुडामा शिक्षा, स्वास्थ्य, आवास तथा खाद्यय सम्वन्धि सरोकारबाल बीच मानव अधिकार शिक्षा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस माहामारी र लकडाउनको समयमा विश्वव्यापी रुपमा बहुआयामिक क्षेत्रमा परेको प्रतिकुल प्रभावलाई मध्य नजर गरी स्वास्थ्य मापदण्ड अपनाई शिक्षा, स्वास्थ्य, आवास तथा खाद्यय सम्वन्धि सरोकारबाल बीच मानव अधिकार शिक्षा सार्वजनिक सुनवाई कायक्रम सम्पन्न भएको हो । सो कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख राम चन्द्र चौधरी, विशिष्ट अतिथि उप प्रमुख राम रती चौधरी अतिथिहरुमा, महिला अधिकारकर्मी देवकी नेपाल, वडा नं ४ का वडाअध्यक्ष अमर आले, ईप्रका चन्द्रपुरका प्रतिनिधि तथा इलाका प्रशासन कार्यालयका प्रतिनिधि लगाएत विभिन्न नियमकारीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको इन्सेकका जिल्ला सहजकर्ता गोविन्द महराले बताएका छन् । सो कार्यक्रममासहभागी सर्वसाधारणहरुले पछिल्लो समय जनता अवास कार्यक्रमले रौतहटका जनतालाई सास्ती दिएको गुनासो गरे । चन्द्रपुर नगरपालिकामा सञ्चालित जनता अवास कार्यक्रमले तिब्रता नपाएकोले सो कार्यक्रम प्रती सम्बन्धित निकायले चाडै ध्यान दिन माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here