चन्द्रनिगाहपुर,२२ असार । रौतहटको बिभिन्न स्थानबाट राजधानी जाने टाटा सुमो चल्न नसकेका कारण काठमाण्डौ जानु पर्ने यात्रु त मारमा परेकैछन् यात्रुभन्दा ठुलो मारमा सुमो संचालक तथा चालक झन मारमा परेकाछन् । दर्जनौ सुमो सरकारले संचालनको अनुमती नदिएका कारण थन्केर बसेको र गाडी समेत कुहिने अवस्थामा परेको सुमो चालक किरण चौधरीको भनाइ रहेको छ । सरकारले सबै जसो क्षेत्र खुल्ला गरेको भएपनि राजधानी जाने सवारी साधान संचालनको अनुमती नदिएका कारण अत्यन्त जरुरी कामले राजधानी जानुपर्ने यात्रुहरु निजी नम्बर प्लेटका गाडी महंगोमा रिजर्व गरेर जान बाध्य भएकाछन् ।
लामो समय देखी सुमो चलाउन नपाएर थन्क्याएर राखेका कारण टायर लगाएतका पाटउपुर्जाले काम नगर्ने अवस्था छ ,आफ्ने समेत पेट पाल्नका लागि समस्या भएको सुमो चालक एम कुमारको भनाइ रहेको छ । सरकारले तत्काल सुमो संचालनको अनुमती दिनुपर्ने सर्लाही सुमो सेवा चन्द्रनिगाहपुरका ईन्चार्ज सत्रुधन खड्काको भनाइ रहेको छ । कोरोनाको नाममा लामो दुरीमा चल्ने सुमो र बसलाई रोक लगाएर सरकारले मजदुर मार्ने काम गरेको खड्काको भनाइ रहेको छ । रौतहटको चन्द्निगाहपुरबाट मात्र दर्जनौ सुमो यात्रु लिएर राजधानी जाने गरेकोमा बिगतको बन्दाबन्दीबाट गाडी थन्केर सकेको र मजदुरको बिचल्ली भएको उनीहरुको गुनासो रहेको छ । यता यात्रु लिएर काठमाण्डौ हिडेका सुमो चालकसंग बिभिन्न स्थानमा रहेका ट्राफिक प्रहरीका युनिटले पैसा लिने गरेको चालकहरुको गुनासो रहेको छ । सरकारले संचालनको अनुमती नदिएको बेला महंगोमा यात्रु लिएर राजधानी जाने सुमोसंग ट्राफिकले बिना रसिद मनलाग्दी रकम असूल्ने गरेको व्यापक गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here