जनकपुर, २४ असार । प्रदेश २ को आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्यहरु नियुक्त भएका छन् । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा २ जना र मिडिया काउन्सिलमा ३ जना सदस्यलाई नियुक्त गरेको हो ।
प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई नियुक्त गरिएको छ भने प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाशदास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही)लाई नियुक्त गरिएको छ । प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई ०७७ माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो । श्यामसुन्दर र शिवहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा जिल्लाका बासिन्दा हुन् । त्यस्तै, चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here