चन्द्रपुर,२४ असार । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका छन् । बुधबार रौहतटमा विभिनन् बैंक तथा वित्तीय संस्थाले विरोध ¥याली निकालेका छन् । सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गराई पाउदै आएको सेवासुविधा कटौती हुने भन्दै चन्द्रपुरमा रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोमा आफुहरु विरोधमा उत्रिएको नविल बैंकका चन्द्रपुरका शाखा प्रमुख बिरेन्द्र प्रसाद पटेलले बताए ।

कोषमा आवद्ध हुन नसकिने ५ वटा कारण देखाउ“दै चन्द्रपुरका बैंकहरुका कर्मचारीहरुले बुधबार चन्द्रनिगाहपुर चोकमा नारा बाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । योजनाका कतिपय बु“दा कर्मचारीको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेकोले उक्त योजनामा कदापी संलग्न हुन नसकिने एभरेष्ट बैकका प्रबन्धक राजीव सिग्देलको भनाई रहेको छ ।
कोषमा आबद्ध भएपछि अन्तरराष्ट्रि श्रम संगठन (आइएलओ) को सन्धिमा भएको ब्यवस्था अनुसार यसअघि खाइपाइ आएको तलब घट्ने तथा सरकारी र निजी क्षेत्रका बैंक बीच विभेद सृजना हुने, सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने, सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुने बंैकका कर्मचारीहरुले संघिय सरकार माथि गम्भीर आरोप लगाए । बैंकर्षहरुको माग पुरा नभए यसको परिणाम गम्भीर हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here