गौर, २५ असार । रौतहट सदरमुकाम गौर स्थित नालामा शुक्रवार एक पुरुष व्यक्तिको शब फेला परेको छ । गौर नगरपालिकाको वडा नम्बर ५ स्थित बाल मन्दिर आधारभुत विद्यालय नजिक रहेको नालामा आज विहान पुरुष शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । बेवारिसे अबस्थामा फेला परेको शवको पहिचान गौर नगरपालिकाको वडा नम्बर ५ दोस्तिया टोलका अन्दाजी ५५ बर्षिय मुसलिया धुनियाको रुपमा भएको रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here