रौतहट,२५ असार । पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताए । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको लेनदेनको ठोस प्रमाण भने उल्लेख नगरिएको एसपी बस्नेतले बताए ।
तर, प्रहरीमा दर्ता भएको निवेदनमा आरोपित बनाइएका पूर्वमन्त्री साहले दीपासँग आफ्नो कुनै लेनदेन÷आर्थिक कारोबार नै नभएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here