रौतहट,२५ असार । अर्थ मन्त्रालयले बजेट पास नगरी रकम खर्च नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । कतिपय स्थानीय तहले बजेट नै पेस नगरी बजेट खर्च गरेको भन्दै अर्थ मन्त्रालयले बजेट पास नगरी खर्च गर्न नपाइने प्रावधानबारे सचेत गराएको हो । समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई आगामी आर्थिक वर्षको वित्तीय हस्तान्तरणमा कार्यसम्पदान मूल्याङ्कनमा कम अङ्क दिने गरिन्छ । जसले गर्दा उनीहरुले संघबाट प्राप्त गर्ने अनुदान प्रभावित हुन जान्छ । अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई पत्र लेख्दै समयमै बजेट पेश गरी पास गर्न भनेको छ । बजेट पास गरेपछि मात्र खर्च गर्न अर्थले सचेत गराएको छ ।
यसको विवरण स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न समेत अर्थले स्थानीय सरकारहरुसँग आग्रह गरेको छ । यस्तै रौतहटका ३ वटा स्थानिय तहको मेयर र उप मेयर बीचको बा“डफा“ड नमिलेका कारण नगरसभा हुन सकेका छैनन् । जिल्लाको गरुडा, बौधिमाइ र देवाही गोनाही नगरपालिकालाई बजेट पास नगरे सम्म रकम खर्च नगर्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here