अशोक पहाडी, रौतहट,२५असार । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ मा दुई पक्ष विच झडप हुदा एक दर्जनघाईते भएका छन् भने ८ वटा मोटर साईकलमा आगजनी भएको छ । बिहिबाररातीको समयमा बस्तिपुर गाउमा जग्गाको पुरानो कुरालाई लिएर दुई पक्षबिच झडपभएको हो । स्थानीय श्रीराम चौधरी ,लक्ष्मी चौधरी,जगनारायण चौधरी,दिप नारायणचौधरीको घर समेत तोडफोड भएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपीलिलाराज लामिछानेले जानकारी दिएकाछन् । गाँउमा आफ्ना परिवारसंग झडप हुनथालेपछि स्थानीय ७० बर्षीय बृद्ध जगरनाथ चौधरीको हर्टयट्याक्ट भएर मृत्यु भएको छ। गाउमा पुन झडप हुने अवस्था नआवस भन्नका लागि ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरीपरिचालन गरिएको छ । सो घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपीलामिछानेले बताए । झडमापरी आकाश चौधरी ,बिनेक चौधरी ,मुथुन कुमार चौधरी ,बच्चु चौधरी लगाएत एकदर्जनको चन्द्रनिगाहपुर स्थित अस्पतालमा उपचार भईरहेको छ । थारु बस्ति रहेको सोगाउमा पुरानो जग्गाको बिवादलाई लिएर राती साडे १० बजेको समयमा झडप भएकोस्थानीयले बताएछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here