चन्द्रपुर,२५ असार । पछिल्लो समय रौतहटको बजारमा महगि बढेको छ । कोरोना महामारीमा व्यवसायीहरुले मनलाग्दी दैनिक उपभोग्य वस्तुको भाउ बढाएको उपभोक्ताहरूले गुनासो गरेको छन् । कोरोनाको समयमा खाद्यान्न ढुवानी नभएको भन्दै व्यापारीले मूल्य बढाइरहेको उपभोक्ताहरू बताउ“छन् । ४ महिना अघि प्रतिलिटर एक सय ६० रुपैयामा पाइने सूर्यमुखी तेलको मूल्य यतिबेला रौतहटको बजार २ सय ४० रुपैया पुगेको छ । तर सरकार बालाको अनुगमन नहुंदा महंगो मूल्य तिर्न भएको उपभोक्ताहरुको भनाई रहेको छ । गत बर्ष किलोको ७० रुपैया पर्ने हरियो केराउ अहिले १ सय ५० पुगेको छ । १ सय १० रुपैयँमा पाइने रातो दालको मूल्य १ सय ३० पुगेको छ भने १९ सयमा पाइने २० किलोको मसिनो चामलको मूल्य २३ सय ५० पुगेको छ । १५ सय रुपैयामा पाइने ३० किलोको चामलको मुल्य पनि ६ महिनाको फरकमा झण्डै दोब्बरले बढेको छ । धुलो नुनको मूल्य पनि ठाउ“ अनुसार फरक छ । चामलको भाउ बढेर किनेर खान नसक्ने अवस्थामा पुगेको चन्द्रपुर नगरपालिका वडा नं—१ पौराईका स्थानिय इन्द्र बहादुर पाख्रेलले बताए ।
यता सरकारको तथ्याङ्कमा भने मूल्य घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा समग्र मुल्य वृद्धि ३ दशमलव ६५ प्रतिशत मात्रै रहेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुल्य वृद्धि ६ दशमलव ५ प्रतिशत थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष घ्यू, तेलको मुल्य २८ प्रतिशत र माछा मासुको मूल्य भने १७ प्रतिशतले बढेको आर्थिक अनुसन्धान विभागका प्रमुख डा प्रकाश श्रेष्ठले जानकारी दिए । कोरोनाको कारण आम्दानी घटेको समयमा खाद्यान्नको मूल्य बढ्दा नागरिकलाइ भान्छा चलाउनै मुस्किल भएको छ ।
पूर्व गभर्नर तथा अर्थविद डा दिपेन्द्र बहादुर क्षेत्री सरकारले उत्पादन बृद्धिलाई जोड दिंदै बजार नियन्त्रण गर्न सके मात्रै अश्वाभाविक मुल्य वृद्धि हुन नपाउने बताएका छन् । सरकारले नियन्त्रण तथा अनुचित व्यापारिक कृयाकलापलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरिरहेको दाबी गरेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशक शिवराज सेढाई अनुगमन पछि ९ सय ९० फर्मलाई कारवाही गरेर झण्डै ३ करोड रुपैया जरीवाना गरिएको बताए । सरकारी तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत मूल्यबृद्धि थियो । तर यस आर्थिक वर्षको १० महिनामा त्यो झण्डै आधाले घटेर ३ दशमलव ६५ प्रतिशत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here