हरिवन,२५ असार । जिल्लाको हरिवनमा बिहीबार १०९ परिवारलाई गाउ ब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ । वर्षौंदेखि गाउ ब्लकमा पर्ने जग्गामा बसोवास एवं भोगचलन गर्दै आएका परिवारलाई नापी कार्यालय, मलंगवाले लालपुर्जा अर्थात् जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो । हरिवन नगरपालिकाको वडा नं. ५, ७ र १० मा आठ बिघा एक कठ्ठा तीन धुर जग्गा पर्ने १८९ कित्ता संख्यामध्ये २०७१ सालमा नापनक्सा गर्नेक्रममा दर्ता गरिएको १०९ कित्ताको लालपुर्जा वितरण गरिएको नापी कार्यालय, मलंगवाका नापी अधिकृत सविन विकेले जानकारी दिए ।
वर्षौंदेखि गाउ ब्लक जग्गामा बसोवास गर्दै आएकाहरु लालपूर्जा पाएपछि खुसी भएका छन् । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले निरन्तरको पहलपछि गाउ ब्लक जग्गामा बस्नेहरुलाई लालपूर्जा उपलब्ध गराउन सफल भएको बताए । उनले नगरको अन्य बाँकी वडामा पनि गाउ ब्लकमा बस्दै आएकाहरुलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रयास भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here