रौतहट,२६ असार / अमेरिकाको पिआर होल्डर एक महिलाले जिल्ला प्रशासन कार्यलय रौतहटबाट नेपाली नागरिकताको जन्म महिना सच्याउन निवेदन दिएकी छिन् । रौतहटको गौर ५ स्थायी ठेगाना भएर बिगत लामो समय अमेरिका बसेर नेपाल फर्केकी दिप ज्योती केशरीले नेपाली नागरिकताको जन्म महिना सच्याउनका लागि जिल्ला प्रशासन कार्यलय रौतहटमा निवेदन दिएपछि बिवाद बाहिर आएको हो ।
केशरीले २०६० सालमा एसएलसी दिएको र उनको एसएलसीको प्रमाणपत्रमा जन्म मिति २०४४ असार ४ गते रहेको छ ,भने नेपाली नागरिकतामा २०४४ जेठ ४ गते रहेको छ । उनले जिल्ला प्रशासन कार्यलयमा एसएलसीको प्रमाणपत्रका आधारमा नागरिकतामा जन्म मिति सच्याउन निवेदन दिएकी थिईन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवका अनुसार जिल्ला प्रशासन कार्यलयलाई जन्म मिति सच्याउने अधिकार नभएका र मन्त्री परिषदको निर्णय भएमा सच्याउन मिल्ने बताए । नेपालको कानुन अनुसार एक जना व्यक्तिले दुई देशको नागरिकता लिने पाईदैन् । यदी कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा उनले नेपालको नागरिकता परित्याग गरेको घोषणा गर्नु पर्नेमा अमेरिकाको पिआर लिएकी केशरी एका एक जिल्ला प्रशासन कार्यलयमा जन्म महिना सच्याउन आएपछि यो रहस्य बाहिरिएको हो । तराई एक्सप्रेसलाई प्राप्त जानकारी अनुसार उनले सन २०१५ मार्च २९ मा अमेरिकी पिआर कार्ड प्राप्त गरेकी हुन । सो पिआर कार्डको अवधी सन २०२६ मार्च २९ सम्म रहेको छ ।

