काठमाण्डौं, २६ असार । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदुर नगरपालिका–७ तुप्चेका २९ वर्षीय ललित विक र २० वर्षीय सुवास थापा मगर छन् । उनीहरूले गत सोमबार किशोरीलाई जबरजस्ती करणी गरेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले शुक्रबार दुवैजनालाई पक्राउ गरेको हो। यसबारे आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

file photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here