सर्लाही, २६ असार । सर्लाहीमा पोखरीमा डुब्दा एक युवकको ज्यान गएको छ । गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखियाको मृत्यु भएको हो । मुखिया विष्णु गाउँपालिका ३ मधुवन गोठस्थित सार्वजनिक पोखरीको डिलमा बसेर माछा मारिरहेका बेला अचानक लडेर डुबेका थिए । पोखरीमा डुबेर बेपत्ता भएका मुखिया महाजालको प्रयोग गरि शव खोजेर निकालिएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here